मेल्लेखमा आलु लगाउने कार्यको थालनी

मेल्लेख गाउँपालिकामा आलु लगाउने कार्यको थालनि गरिएको छ । मेल्लेख गाउँपालिकालाई आलुमा आत्मनिर्भरबनाउने उद्देश्यले आलुको बिउँ लगाइएको छ ।
मेल्लेख गाउँपालिका सुयडि नजिकै रहेको बुडेगडामा ८ हजार गोटा आलु बाली न्युकेलेस बीउ लगाइएको हो ।
राष्ट्रिय आलुबालि अनुसन्धान खुमलटार ललितपुर कृषि अनुसन्धान निर्देशनालय डोटी र मेल्लेख गाउँपालिका कृषि विकास शाखाको प्रबिधक सहयोगमा मेल्लेखमा नै आलुको बीउ उत्पादनको लागि विभिन्न जात का आलु तीन रोपनी जग्गा मा आलुको बिउँ लगाउने लक्ष्य रहेको छ ।
जस अर्नगत आज पि पि एस, डिजिरे कुप्रिजोती, खुमलटार जातका आलु लगाउने योजना छ । मेल्लख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले कृषकको बारीमै पुगेर न्युकिलेस बीउ लगाएर आलु बीउ लगाउने कार्यको प्रारम्भ गर्नुभएको छ ।
अध्यक्ष बोहराले आगामी दिनमा आलुको बिउ मेल्लेखमा नै उत्पादन गरेर कृषक हरूलाई वितरण गरिने बताउनु भएको छ ।
यस्तै राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र प्रमुख जानकीदत्त न्यौपानेले अछामको मेल्लेखमा आलु बीउ उत्पादन को लागि छनोट मा परेकोले यो कार्यक्रम लाई निरन्तरता दिने बताउनुभएको छ ।
आलु बिउँ लगाउने कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष नर बहादुर साउद, राष्ट्रिय आलु बिउ अनुसन्धान केन्द्र ललितपुरका प्रमुख जानकीदत्त न्यौपाने, प्राविधिक सहायक रामबहादुर भाट लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस