सुरक्षित गर्भपतन सेवा सम्बन्धि १ दिने अभिमुखीकरण मेल्लेखमा सम्पन्न

सुरक्षित गर्भपतन सेवा र लैङ्गिक हिंसा सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र आइ पास नेपाल को सहयोगमा भएको अभिमुखीकरण कार्यक्रममा सुरक्षित गर्भपतन, लैङ्गिक हिंसा सम्बन्धि चेतनामुखी कार्यक्रमहरू गाउँ समुदायमा लैजानु पर्ने विषयमा व्यापक छलफल गरिएको छ ।

यस्तै अभिमुखीकरण कार्यक्रममा सुरक्षित गर्भपतन सम्बन्धि ऐन निमावलि मा व्यवस्था भएका विषयको बारे छलफल तथा जानकारी गराइएको छ ।

सुरक्षित गर्भपतन र लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लागि पालिकाले थप बजेटको व्यवस्था र जनचेतनाका कार्यक्रम ल्याउनु पर्नेमा पनि छलफल भएको छ । अछाममा असुरक्षित गर्भपतन गराउने महिलाहरूको सङ्ख्यामा कमी आउन सट्टा बढ्दै गएको दखीएको छ ।

विभिन्न कारणले अहिले पनि महिलाहरूले असुरक्षित ढङ्गले गर्भपतन गराउने गरेका एक तथ्याङ्कले देखाएको छ ।

सूचीकृत स्वास्थ्य संस्थाको अभाव, घरको दबाब, नचाहँदा नचाहँदै गर्भ रहनु, परिवार नियोजनका साधनहरू प्रयोग नगर्नु, सूचीकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्न लाज मान्नु लगायतका कारणले अहिले पनि महिलाहरू ज्यानलाई जोखिममा राखेर असुरक्षित ढङ्गबाट गर्भपतन गराइरहेका आसपास अछामले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण आइ पास नेपालका उपेन्द्र कुवर र स्वास्थ्य शाखा मेल्लेखका अनिता खडकाले गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रतिनिधि स्वास्थ्यकर्मीहरू, आमासमुहका प्रतिनिधि, आइ पासका सामाजिक अभियन्ता र सामाजिक अगुवाहरुरुको सहभागिता रहेको थियो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker