Techie IT

प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्चको फैसलाको नेकपा अछामद्धारा स्वागत


नेपाल कम्युनिष्ट पार्टिका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य बल बहादुर सोडारीले सर्वोच्चको निर्णयले विश्व कम्युनिष्टलाई खुशि तुल्याएको बताउनु भएको छ । नेपालको न्यायलयको निर्णयले नेपालका कम्युनिष्ट मात्रै नभई विश्वका कम्युनिष्टलाई समेत एक ठाउमा उभिनुपर्नेमा जोड पुगेको बताउनु भयो ।

प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी अछामले सदरमुकाम मंगलसेनमा रयाली सहीत गरेको कोणसभामा बोल्दै प्रदेश सभा सदस्य समेत रहनु भएका सोडारीले अहीलेको फैसलाले पार्टि एकतामा समेत जोड पुग्ने बताउनु भयो ।

अबको यात्रा फुटेर नभई एकमत भएर देश र समग्र जिल्लाको प्रगतिका लागी सबै नेता कार्यकर्ता एकठाउमा उभिनु पर्ने बताउनु भयो । मंगलसेन बजारको जिरो प्वाईन्ट देखी सुरुभई मंगलसेन बजारमा बाजागाजा सहीत रयाली गरि पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थि फाँट ईञ्चार्ज भिम बहादुर रावल कालोटोपी, जिल्ला कमिटी सचिवालय सदस्य नयन सोडारी, जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव नमराज न्यौपाने, जिल्ला कमिटी सदस्य लोक बहादुर केसि, सुरत भण्डारी, भक्त बोगटी, बल बहादुर कुवर लगाएतका नेता अतिथी रहनु भएको थियो ।

कार्यक्रमको संञ्चालन युवा संघ अछामका ईञ्चार्ज तथा कार्यालय सहसचिव शिब बहादुर बोगटीले गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!