अछाममा ५८ हजार बढीको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता

अछाममा राष्ट्रिय परिचय पत्रको लागि ५८ हजार बढीको विवरण दर्ता भएको छ ।
जिल्लाका सबै स्थानीयतहका वडा तहमा सञ्चालन भइरहेको विवरण दर्ता सङ्कलन अभियानमा मङ्गलवार सम्म ५८ हजार ७ सय ६६ जनाको विवरण दर्ता भएको जिल्ला प्रसासान कार्यालय अछामले जनाएको छ ।
जिल्लाका ४ ओटा स्थानीयतहमा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्ने कार्य सम्पन्नभएको छ । रामारोशन गाउँपालिकामा ७ हजार ४ सय ९८ जनाको, मंगलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जनाको, कमलबजार नगरपालिकामा ६ हजार ४ सय १४ जनाको र बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २स य ४७ जनाको विवरण दर्तागर्दै अभियानको समापन गरिएको हो ।
यसैबिच मेल्लेख गाउँपालिकामा १ हजार ९ सय ७१ जनाको, तुर्माखाँद गाउँपालिकामा २ हजार ९ सय ९० जनाको, ढकारी गाउँपालिकामा ३ हजार ८ सय जानको, पञ्चदेवल विनायक नगरपालिकामा ७ हजार ८ सय ५३ जनाको, चौरपाटी गाउँपालिकाको ५ हजार ५८ जनाको र साँफेबगर नगरपालिकामा ९ हजार ५ जानको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाकारी दिएको छ ।
पुस २० गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम करिब ३ महिनाभित्र जिल्लाका सबै स्थानीयहरूमा सक्ने लक्ष्यसहित अहिले पनि यो अभियान जारी छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस