Techie IT

अछाममा भिरबाट खसेर महिलाको ज्यान गयो


अछाममा भिरबाट खसेर एक जना महिलाको ज्यान गएको छ ।

जिल्लाको तुर्माखाद गाउपालिका वडा नम्बर ४ निवासि जितेन्द्र शाहीकी ३५ बर्षिया श्रीमती धिर्जा शाहीको हिजो बेलुकी भिरबाट खसेर ज्यान गएको हो ।

घर नजिकैको बोकसान जङ्गलमा बाख्रा गोरु चराउन गोठालो गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किएपछी आफन्तले खोजी गर्दा जँगलमा मृत अबस्थामा भेटिएकी बताईएको छ ।

ठुलो भरि भएको ठाउबाट खसेर करिब २ सय ५० मिटर तल घटनास्थलमै उहाँको शव भेटिएको उनका श्रीमान जितेन्द्र शाहीले बताउनु भयो ।

मृतक शाहीका श्रीमान, २ छोरी र १ छोरा छन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!