Techie IT

मेड्पा कार्यक्रम सम्वन्धि मंगलसेनमा छलफल कार्यक्रम सम्पन्न


गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्वन्धी मेड्पा अनुगमन उपसमितीसंग एक दिने छलफल कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ ।

नेपाल सरकार उद्योग बाँणिज्य तथा आपूर्ती मन्त्रालय मेड्पा टि ए को आयोजनामा कार्यक्रम भएको हो ।

मंगलसेन नगरपालिकाका पंमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश बिष्ट प्रमुख अतथि रहनुभएको थियो ।

हाल स्थानीय तह मार्फत कार्यान्वयनमा रहेको मेड्पा कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको छलफल कार्यक्रमको उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सोडारी, रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट लगायतका अतिथी रहनुभएको थियो ।

नगर उपप्रमुख सरिता उपाध्यायले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण मेड्पा कार्यक्रमका उद्यम विकास अधिकृत महेश क्षेत्रीले गर्नुभएको थियो भने सञ्चालन मंगलसेन नगरपालिका मेड्पा कार्यक्रमका सम्पर्क ब्यक्ति एकेन्द्र बोगटीले गर्नुभएको थियो ।

सो कार्यक्रममा बिभिन्न पालिकाका वडा अध्यक्ष तथा मेडपा अनुगमन समिति पदाधिकारी, मेड्पा सम्पर्क ब्यक्तिको सहभागीता रहेको मंगलसेन नगरपालिकाका एम. आई. एस. अपरेटर होम साउदले जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस