सर्जरी शिबिरमा १ सय बढीको चेकजाँच

कमलबजारमा सम्पन्न मुख स्वास्थ्य तथा दन्त सर्जरी शिविरमा १०४ जनाले सेवा लिएका छन् ।
कमलबजार नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा निःशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिविर सम्पन्न भएको हो ।
सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको स्वास्थ्य कार्यालयको आयोजनामा भएको शिविरमा अनुभवी दन्त चिकित्सक बाट मुख, गिजा तथा दाँत सम्बन्धि समस्याहरू भएका महिला ७५ र पुरुष २९ गरी जम्मा १०४ जनाले सेवा पाएका हुन् ।