बयालपाटा अस्पतालमा गोडा फर्केको (क्लब फुट) उपचार यसरी गरिन्छ (कुराकानी सहित )

अछाम लगायत यस क्षेत्रमा पछिल्लो समय गोडा फर्केको (क्लब फुट) बच्चा जन्मिने समस्या देखिएको छ ।
बयालपाटा अस्पतालका मेडिकल सर्जिकल निर्देशक डाक्टर मन्दिप पाठकका अनुसार अछाम लगायत यस क्षेत्रका पहाडी जिल्लामा गोडा फर्केको (क्लब फुट) शिशु जन्मिने क्रम बढी देखिएको हो ।
बयालपाटा अस्पतालमा गत वर्ष १ दर्जन शिशुको गोडा फर्किएको समस्याको उपचार गरिएको छ ।
डाक्टर पाठकका अनुसार सानो क्षेत्रमा १ वर्षको अवधिमा आधा दर्जन बढी शिशुमा यो समस्या देखिनु सामान्य होइन । हाल पनि बयालपाटा अस्पतालमा ३ जना शिशुको गोडा फर्किएको उपचार भइरहेको छ ।
गोडा फर्किएको शिशु जन्मिने समस्या ठ्याक्कै यही कारणले हुन्छ भन्न नसकिने भए पनि गर्भवती अवस्थामा पहिलो ३ महिनाको अवधिमा फोलिक एसिड नामक औषधीको नियमित सेवन नगर्नाले पनि यो समस्या देखिने सम्भावना रहन्छ ।
नवजात शिशुको खुट्टा बाङ्गो हुने समस्यालाई गोडा फर्केको अर्थात् क्लब फुट भनिन्छ ।
यदि नवजात शिशुमा गोडा फर्केको समस्या देखिएमा जन्मेको १ हप्ता भित्र अस्पतालमा सम्पर्क गरी स्वास्थ्यकर्मीको परामर्श अनुसार उपचार सुरु गरिए प्रभावकारी हुने डाक्टर मन्दिप पाठकले बताउनुभयो ।
यसै बिच आज हामीले बयालपाटा अस्पतालमा गोडा फर्केको शिशुको उपचारका विषयमा बयालपाटा अस्पतालका मेडिकल सर्जिकल निर्देशक डाक्टर मन्दीप पाठकसँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी …..