अछाममा सवै पार्टि कार्यकर्ता प्रचण्ड – माधव समुहमा एकमत छन : अध्यक्ष कुँवर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत आम सभा रामारोशन गाउँपालिका वडा नम्वर ७ सुतारमा सम्पन्न भएको छ ।
नेकपा वडा कमिटिको सुतारको आयोजनामा संसद पुनस्थानाको बिजय उत्सव तथा बृहत आम सभा सम्पन्न भएको हो ।
पार्टीका वडा कमिटी अध्यक्ष बृख बहादुर भण्डारीको अध्यक्षतामा भएको कर्यक्रममा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननीयशेर बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि माननीय कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको गलत कदमका बिरुद्द सर्वोच्च अदालतलेजनताका पक्षमा न्यायोचित फैसला गरेको बताउनुभयो ।
सर्वोच्च अदालतको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्न चाहाने शक्तिहरुलाई ठिक ठाउँमा ल्याएर उभाएको कुँवरको भनाई छ ।
प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमका बिरुद्द नेपालका सम्पुर्ण जनता तथा कम्युनिष्ट एक ठाउँमा उभिएर बढेसंगै ओलीकोपतन सुरु भएको कुँवरले बताउनुभयो ।
पार्टिमा अस्थिरता चाहाने केहि तत्वहरु चोईटिए पनि अछाममा माधव प्रचण्ड नेतृत्वको नेकपामा जनताहरु एकमत रहेको कुँवरको दावी छ ।
निजि स्वार्थका कारण पार्टीबाट कहि व्यक्ति तथा समुह चईटिए पनि अछाममा सवै जनताको आफुहरुको पक्षमा रहेको उहाले बताउनु भएको छ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर,गोविन्द साउद,गाउँपालिका उपाध्यक्ष सरस्वती रावल लगायतका अतिथि रहनु भएको थियो ।
वडा कमिटी सचिव महेश अयडिले स्वागत गर्नु भएको कार्यक्रमको संचालन चन्द्र भण्डारीले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस