अछाममा आत्म हत्या गर्नेको सङ्ख्या बढ्दो

अछाममा आत्म हत्या गर्नेको सङ्ख्या विकराल समस्याका रूपमा बढेको पाइएको छ ।
विगत ५ आर्थिक वर्षको तथ्याङ्कका आधारमा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढेको देखिएको हो ।
आर्थिक वर्ष २०७२÷७३ मा झुन्डिएर आत्म हत्या गर्नेको सङ्ख्या १९ जना, आर्थिक वर्ष २०७३÷७४ मा २१ जनाले, आर्थिक वर्ष २०७४÷७५ मा २२ जानले आर्थिक वर्ष २०७५÷७६ मा १९ जनाले आर्थिक वर्ष २०७६÷७७ मा २२ जना र चालुआर्थीक वर्ष २०७७÷७८ को अहिले सम्म २१ जनाले आत्म हत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय अछामसँग छ ।
प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो साढे ५ वर्षको अवधिमा अछाममा १ सय २२ जनाले आत्म हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार झुन्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको हो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस