ढकारीमा दन्त समस्या भएका १ सय ७२ जनाको चेक जाँच

अछामको ढकारी गाउँपालिकामा मुख स्वास्थ्य तथा दन्त सर्जरी शिविर सम्पन्न भएको छ ।
जिल्लाको विकट स्थानीय तह ढकारीमा सञ्चालन गरिएको शिविर मार्फत १ सय ७२ जनाले स्वास्थ्य चेकजाच गरेका छन् । स्वास्थ्य चेक जाँच गर्नेमा पुरुष ५६ जना र महिला १ सय २६ जना रहेका छन् ।
सेवा लिने सेवाग्राहीहरूमा धेरै जसो दाँत दुख्ने, मुख गनाउने, गिजा सुनिएका लयागतका समस्या भएका सेवाग्राहीहरूको सङ्ख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनु भयो ।
मुख स्वास्थ्य तथा दन्त सर्जरी शिविर अन्तर्गत भोली जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य समस्या भएका नागरिकलाई गाउँमै सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहहरूमा शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस