प्रचण्ड-माधव निकट प्रेस संगठनद्धारा पदाधिकारी हेरफेर

प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामले पदाधिकारी हेरफेर सहित सांगठनिक हित बिपरित गर्ने व्यक्तिलाई कार्बाही गरेको छ ।
संगठनको सह सयोजकमा डण्डिराज भट्ट, महेश रिमाल र सचीवमा कमल कुमार रावललाई चयन गरेको छ ।
संगठनले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । यस्तै सांगठनिक हित बिपरित गर्ने संगठनका सह सयोजक कृष्ण बुढालाई कार्बाही गरेको छ ।
यस्तै बैठकले सगठनका केन्द्रीय जिल्ला सयोजक नरेन्द्र रावलका बुवा गंग बहादुर रावलको निधन प्रती शोक प्रस्ताव पारित गरेको छ ।
प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामका सयोजक नरेन्द्र रावलको अध्यक्षतामा भेला सप्पन्न भएको थियो ।
भेलामा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिब नमराज न्यौपानेको विशेष उपस्तिथि रहेको थियो ।
भेलामा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एकेन्द्र कुवर, राजेन्द्र कुवर, प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासघ जिल्ला सचीव होम साउद, प्रदेस कमिटी सदस्य तपेन्द्र कुँवर, जिल्ला सचिवालय सदस्य बिक्रम परिवार, सदस्य धनराज साउद, तुलबहादुर कुवर लगायतका संगठनका नेताहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस