शैक्षिक बचत तथा ऋण सहकारीको दशौँ वार्षिक साधारण सभा सम्पन्न

शैक्षिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका शङ्कर रावलको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसंयोजक टोप बहादुर रावल रहनुभएको थियो । सभामा विशिष्ट अतिथि शिक्षक सङ्घ पूर्व केन्द्रीय सदस्य देवेन्द्र ब शाह रहनुभएको थियो ।
सभाबाट सहकारी संस्था लिमिटेडको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने, ऋण असुली गर्ने र सेयर सदस्य सङ्ख्या बढाउने लगायतका निर्णय गरिएको छ ।
संस्थाका उपाध्यक्ष जमुना अधिकारीको स्वागत मन्तव्य राख्नुभएको सभाको सञ्चालन सचिव भीम बहादुर शाहीले गर्नुभएको थियो ।