जन्मदिनको अवसरमा युवा संजाललाई आर्थिक सहयोग

नयाँ युवा नयाँ सोच नेपाल अछाम जिल्ला इकाई अध्यक्ष पार्वति बिष्टले आफ्नो जन्मदिनको अवसरका आर्थिक सहयोग गर्नु भएको छ ।
उहाँले आफ्नो जन्मदिनको अवसरमा युवा संजाल साँफेबगरलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर संजाललाई आर्थिक सहयोग गरेको बताउनु भएको हो ।
सामाजिक अभियानमा सक्रिय बिष्टले फजुल खर्च कटाएर संजाललाई आर्थिक सहयोग गरेको बताउनु भएको छ ।
बिष्टले जन्मदिनको अवसरमा सहयोग गरेको रकम बुझ्दै युवा संजाल साँफेबगरका अध्यक्ष भुपेन्द्र भण्डारीले सो रकमले नेपालका चार धाम मध्येको एक बैद्यनाथ क्षेत्रमा हुने फोहोर मैला व्यवस्थापनका लागि खर्च गरीने बताउनु भएको छ।
उहाँले संजालले यो भन्दा अघि बैद्यनाथमा चार वटा फलामे डस्टविन राखेको र अब थप चारवटा डस्टविन राख्ने बताउनु भएको छ ।
यस्तै युवा संजाल साँफेबगरका सदस्य लक्ष्मण थापाले बिष्टले आर्थिक सहयोग गरेको प्रति खुसि व्यक्त गर्दे धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस