Techie IT

साँफेबगर नगरपालिकामा नगर प्रहरी भर्ना गर्न बाटो खुल्ला : यस्तो छ मापदण्ड


साँफेबगर नगरपालिकामा नगर प्रहरी भर्ना गर्न बाटो खुलेको छ ।

नगरपालिकाको छैटौँ नगर सभाबाट नगर प्रहरी सञ्चालन व्यवस्थापन नियमावली २०७७ पारित भयसँगै नगर प्रहरी भर्ना गर्न नगरपालिकालाई बाटो खुल्ला भएको हो ।

नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा भएको नगर सभामा नगर प्रमुख कुल बहादुर कुँवरले प्रस्तुत गर्नु भएको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ सर्वसम्मत पारित भएको थियो ।

नियमावली अनुसार नगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरे पश्चात कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको अन्य आवश्यक योग्यता पुगेको व्यक्तिले नगर प्रहरी जवानका लागी र कम्तीमा एसएलसी तथा एसइई पास गरेको र २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको योग्यता पुगेको व्यक्तिले नगर प्रहरी प्रमुखका लागी आवेदन दिन सक्नेछन् ।

यस्तो छ नियमावली :-

 

 


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!