अछाममा छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

अछामको साँफेबगरको एक विद्यालय अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीले पक्राउ हो ।
इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार छात्राका अकिभावकसंग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको छ ।
शिक्षक कुँवरले शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा तीँ किशोरीलाई घर पुर्याई दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरेका थिए । हिजो राती नै उनलाई स्थानीयले पक्रेर राखेका थिए ।
आज बिहान स्कुल खोल्ने बित्तिकै बिद्यायार्थीले तालाबन्दी गरेर अहिले नाबाजी गरिरहेका सोही बिद्यायलयका शिक्षक लक्ष्मी प्रसाद जोशीले बताउनु भयो ।
घटनाको बारेमा छलफल गर्न विद्यालयको अफिसमा छलफलमा जुटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, वडाध्यक्ष लगायत १४÷१५ जना अबिभावकहरुलाई समेत बन्द कोठामा थुनिदिएका छन् ।
घटनाको थप अनुसन्धान भैरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस