नगर प्रहरी भर्ना लगायत कार्यविधिबारे नगर प्रमुख कुँवर के भन्छन् ? कुराकानी

साँफेबगर नगरपालिकाको छैटौँ नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा नगर सभा सम्पन्न भएको हो ।
सभाबाट नगरपालिका क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्नका लागी नियमावली तथा कार्यविधि सर्वसम्मत रुपमा पारित गरिएका छन् । सभाबाट नगरपालिकाको टोल विकास संस्था (गठन तथा परिचालन ) कार्यविधि २०७७ पारित गरिएको छ ।
साँफेबगर नगरपालिकाको टोल विकास संस्था कार्यविधि २०७७ पारित :- कार्यविधि सहित
जस अन्तर्गत साँफेबगर नगरपालिका क्षेत्र भित्रका वडा तथा टोलमा टोल विकास संस्था गठन गरी वडामा हुने सामाजिक तथा सार्वजनिक कार्य गर्नुका साथै समुदायमा शान्ति,सुरक्षा र अमन चयन कायम गर्न संस्थाले सहयोग गर्ने छ ।
यस्तै सभाबाट नगर प्रहरी सञ्चालन,व्यवस्थापन नियमावली २०७७ पनि पारित गरिएको छ । नियमावली पारित भयसँगै नगरपालिकालाई नगर प्रहरी भर्ना गर्ने बाटो खुलेको छ ।
साँफेबगर नगरपालिकामा नगर प्रहरी भर्ना गर्न बाटो खुल्ला : यस्तो छ मापदण्ड
नियमावली अनुसार नगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरे पश्चात कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको अन्य आवश्यक योग्यता पुगेको व्यक्तिले नगर प्रहरी जवानका लागी र कम्तीमा एसएलसी तथा एसइई पास गरेको र २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको योग्यता पुगेको व्यक्तिले नगर प्रहरी प्रमुखका लागी आवेदन दिन सक्नेछन् ।
यस्तै सभाबाट लेखा समिति गठन तथा सञ्चालन नियमावली २०७७ पनि पारित गरिएको छ ।
नगरपालिकामा लेखा समिति गठन गरी नगरपालिकाका शाखा र अन्तर्गतका सार्वजनिक लेखासँग सम्बन्धित नीति,कानुन र कार्यविधि तथा कार्यक्रम अनुरूप परिपालन,श्रोत परिचालन,व्यवस्थापन र अन्य क्रियाकलापको मूल्याङ्कन गरी नगरपालिका सुधार गर्न,प्रभावकारिता बढाउन र जवाफदेहि कायम गर्न आवश्यक राय सुझाव दिई समुचित टिप्पणी र सिफारिस वार्षिक प्रतिवेद कार्यपालिका बैठक मार्फत नगर सभामा पेस गरी नगरपालिकामा आर्थिक पारदर्शीताका लागी सहयोग गरिने नियमावलीमा उल्लेख गरिएको छ ।
यसै बिच आज हामीले छैटौँ नगर सभाका विषयमा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर सँग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस