अछाममा भाईरल ज्वरोका कारण बिद्यालय बन्द

मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु वलडाडामा रहेको कालिका माध्यामिक विद्यालयलाई ५ दिनका लागी बन्द गरिएको छ ।

शिक्षक र विद्यार्थिमा एक्कासि भाईरल ज्वरोको प्रकोप देखिएपछी फागुन २१ गतेसम्मका लागी पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

करिब १ हप्तादेखि दैनिक जसो शिक्षक देखि विद्यार्थिमा ज्वरो आउने, पेट दुख्ने, बान्ता गर्ने, टाउको दुख्ने लगाएतका लक्षण देखिएपछी जिल्ला प्रशासन, मंगलसेन नगरपालिका, शिक्षा बिकास तथा समन्वय ईकाई अछाम, स्वास्थ्य कार्यालय र वडा सरकार, अभिभावकको समन्वयमा फागुन १७ गतेदेखि २१ गते शुक्रबार सम्मका लागी विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले बताउनु भयो ।

करिब ७ दिन अघि देखि सुरु भएको भाईरल ज्वरो नियन्त्रण नभएपछी एक्कासि सबैको समन्वयमा विद्यालयको आन्तरिक अफीसको काम मात्रै गर्ने गरि पठपाठन बन्द गरिएको शाहले बताउनु भयो ।

विद्यालयमा भाईरल ज्वरोको प्रकोप बढेपछी हिजो जिल्ला अस्पताल र जुपु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिको टोलिले चेकजाँच सहीत बिरामीको उपचार समेत गरेको छ ।

स्वास्थ्यकर्मिको टोलिले कोरोनाभाईरस, मलेरिया, कालाजारको समेत परिक्षण गरिएकाले कसैलाई नदेखिएकाले भाईरल ज्वरो नै हुनसक्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताउनु भयो ।

स्वास्थ्यकर्मिको टोलिले विद्यालयमै गएर उपचार सहीत आवश्यक चेकजाँच गरेकाले केही रिपोर्ट आउन बाकी समेत रहेको उहाँले बताउनु भयो ।

गर्मीयाम सुरु भएकाले भाईरल ज्वरो हुनसक्ने भएकाले तत्काल नियन्त्रणमा समेत आउने भएकाले कसैलाई नआत्तिन उहाँले आग्रह गर्नु भयो ।

कसैको स्वास्थ्यमा समस्या आईपरे नगर तथा जुपु स्वास्थ्य चौकीको स्वास्थ्यकर्मिको टिम समेत तयारी अबस्थामा रहेको ढुगाँनाले बताउनु भयो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker