आर्थिक अभावका बिच पनि गुणस्तरीय सेवा प्रदान गरिरहेका छौ :- डा. पाठक

बयालपाटा अस्पताल अछामका मेडिकल सर्किजल निर्देशक डाक्टर मन्दिप पाठकले आर्थिक अभावका बावजुत पनि अस्पतालले गुणस्तरीय र सक्दो सेवा प्रवाह गरिरहेको बताउनु भएको छ ।
दातृ निकायबाट विगतमा हदै आएको सहयोग क्रमिक रुपमा घट्दै गएको भए पनि अस्पतालले सक्दो गुणस्तरीय सेवा दिई रहेको निर्देशक पाठकले बताउनु भएको हो ।
डाक्टर पाठकका अनुसार अस्पताल सञ्चालनका लागी आर्थिक अभाव हुन नदिन स्थानीय,प्रदेश,सङ्घीय सरकार तथा दातृ निकायसँग पहल भइरहेको छ ।
अस्पतालमा एमडिजिपी डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएकोमा उक्त पदको व्यवस्थापनका लागी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
रेडियो बान्निगढीसँग कुराकानी गर्दै उहाँले अछामका स्थानीय तहहरू अस्पताललाई आर्थिक सहयोग गर्न सकारात्मक देखिएकोमा खुसी व्यक्त गर्दै अस्पतालका मेडिकल सर्किजल निर्देशक डाक्टर पाठकले प्रतिबद्धता अनुसार स्थानीय तहले समयमै सहयोग गरेमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर सुधार हुने विश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै साता दिन पहिले मात्रै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि बयालपाटा अस्पतालको निरीक्षण गर्नु भएको थियो ।
निरीक्षणका क्रममा मन्त्री सुवेदीले बयालपाटा अस्पतालको दिगो व्यवस्थापन तथा सञ्चालनका लागी गम्भीर चाँसो देखाएको बताउँदै डाक्टर पाठकले आश्वासन अनुसार सहयोग भएमा अस्पतालको सेवा प्रवाहमा निकै सहज हुने बताउनु भएको छ ।
यसै बिच बयालपाटा अस्पतालमा आर्थिक अभाव र सेवा प्रवाहका विषयमा आज हामीले बयालपाटा अस्पतालका मेडिकल सर्किजल निर्देशक डाक्टर मन्दिप पाठकसँग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी …….
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस