कोरोनाले स्वास्थ्य अवस्था गम्भीर भएपछि सांसद कुँवरलाई काठमाडौं लगियो

सुदुरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर (गोविन्द)को स्वास्थ्यमा जटिल समस्या देखिएपछि काठमाण्डौं रेफर गरिएको छ।
अछाम जिल्लाको साँफे नगरपालिका ९ का स्थानीय समेत रहेका ६६ वर्षीय सांसद कुँवरलाई थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाण्डौं रेफर गरिएको हो। उनको ग्राण्डी अस्पतालमा उपचार हुने बताइएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार फागुन १४ गते पीसीआर जाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।
उनी होम आइसोलेसनमा बसेका थिए। तर स्वासप्रश्वासमामा समस्या देखिएपछि रेफर गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
कुँवर सुदुरपश्चिम प्रदेश सभा अन्तरगतको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति समेत हुन् ।
दिनेश खवरबाट…
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस