हिंसामा परेका महिलाहरूलाई न्याय दिन तत्पर छु :- उपप्रमुख बुढ्थापा

अछामको साँफेबगर नगरपालिकालाई छाउगोठ मुक्त नगर बनाउने अभियान तीव्र बनाएको छ ।
पहिलो चरणमा भत्काइएका छाउगोठ स्थानीयले पुनः बनाएर गोठमै बस्न थालेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा मङ्सिर ४ गतेबाट नगरपालिकामा सुरु भएको छाउगोठ भत्काउने अभियानमा अहिले स्थानीयहरू पनि सकारात्मक बनेका छन् ।
नगरपालिकाका १४ ओटै वडामा रहेका छाउगोठ भत्काई सकेका र अहिले छाउगोठ भए नभएकोबारे पुनः अनुगमन गर्ने काम भइरहेको साँफेबगर नगरपालिकाका उप प्रमुख बिर्मलादेबी बुढ्थापाले बताउनुभयो ।
छाउगोठ मुक्त समाज निर्माणमा क्रियाशील रहेको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक नेपाल)ले जिल्लाको साँफेबगरमा रूपान्तरण गृह स्थापना गरी महिला तथा किशोरीहरुलाई मर्यादित महिनावारिका बारेमा जानकारी गराउदै महिला तथा किशोरीलाई यस बिषयमा सचेत पार्न लागी परेको उप प्रमुख बुढ्थापाले उल्लेख गर्नु भएको छ ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै नगर उपप्रमुख बुढ्थापाले नगरपालिकालाई छाउगोठ मुक्त नगरपालिका निर्माण गर्न अहिले सक्रिय रुपमा लागि परेको उल्लेख गर्नुभयो ।
कुनै पनि महिला तथा किशोरीलाई मानसिक रूपमा पिडा हुन नदिन नगरपालिका र ल्याक नेपालले रूपान्तरण गृह स्थापना गरी उनीहरूलाई न्याय दिएको बताउनुभएको छ ।
यसै बिच आज हामीले साँफेबगर नगरपालिकाका स्थापना गरिएको रूपान्तरण गृह र नगरलाई छाउगोठ मुक्त नगर बनाउन भइरहेका पहलका बारेमा नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक बिर्मला देबी बुढ्थापासंग कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी …….
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस