शैक्षिक गुणस्तर वृद्धिका लागि मेल्लेखमा अन्तरक्रिया

अछामको मेल्लेख गाउँपालिका वडा न ५ बिन्धेबासीमा रहेको जनता माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक अभिभावक ,विद्यार्थी लगायत सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घराज खडकाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शाहीले शिक्षा क्षेत्रको उन्नतिका लागि शिक्षक अभिभावक विद्यार्थी सरोकारवाला सबैले भूमिका खेल्नु पर्ने बताउनु भएको छ ।
जनता माद्यामिक विद्यालय यश क्षेत्रकै अग्रणी तथा ऐतिशासीक विद्यालय भएकाले यसलाई नमुना विद्यालय बनाउन आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्काले विद्यालयको समग्र विकासको लागि शिक्षक अभिभावक र विद्यार्थी बिचको त्रिपक्षीय सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिनु भएको छ ।
अबको शिक्षा प्रबिधिक र व्यवहारिक शिक्षा बनाउन सकिए मात्रै नतिजामुखी शिक्षा बन्ने खड्काले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष रमेश बहादुर खडका समेत विशिष्ट अतिथि रहनु भएको थिए ।
अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक ,विद्यार्थी,जनप्रतिनिधि सरोकारवालासङ प्रश्नोत्तर सहित छलफल गरिएको छ ।
अन्तरक्रिया कार्यक्रम को सहजीकरण मेल्लेख शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र खड्काले गर्नु भएको थियो । शिक्षक राम बहादुर साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सञ्चालन प्रधानाध्यापक नृप विकले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस