अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्लेतोला रजाँञ्या निवासी जक्ति कामीकी ५३ बर्षीषा श्रीमती धर्मादेबी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको हो ।

मङ्गलवार हिजो घरबाट पर रातापगाहार भन्ने भिरमा कोइरालको रुख काट्ने क्रमका १ मिटर तल खोल्सामा खसेर उनको घटना स्थलमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको आज अन्तिम दाहसंस्कार गरिने छ ।

मृतक कामीका श्रीमान् २ छोरा र ४ छोरी रहेका छन् ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker