चौरपाटी गाउँपालिकाले हासील गरेका १०१ महत्त्वपूर्ण उपलब्धि : श्वेत पत्र सहित

चौरपाटी गाउँपालिकाले साढे तीन वर्षको अवधिमा दिगो विकास,सुशासन र सामाजिक रूपान्तरण क्षेत्रमा गरेका १०१ कार्यहरू सार्वजनिक गरेको छ ।
चौरपाटी गाउँपालिका आज श्वेत पत्र मार्फत गाउँपालिकाद्वारा साढे तीन वर्षमा गरेका कार्यहरू सार्वजनिक गरेको छ ।
पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास तथा सेवा प्रवाह अन्तरगत गाउँपालिकामा भएका महत्त्वपूर्ण कामहरू गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले सार्वजनिक गर्नुभएको छ । चौरपाटि गाउँपालिकामा सबै टोलमा सडक बिस्तार भएको छ ।
तीन वर्षको अवधिमा साढे दुई सय किलोमिटर नयाँ सडक निर्माण भएको छ । ७ वटै वडामा विधुत बिस्तार,५ हजार रिचार्ज पोखरी निर्माण २८ वटा सामुदायिक विद्यालयको भवन निर्माण, जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको अध्यक्ष साउदको भनाई रहेको छ ।
पालिकामा प्राविधिक शिक्षालय स्थापना तथा केही विद्यालयको कक्षा अपग्रेड, आमा सुरक्षा कार्यक्रम सञ्चालन, रैथाने बाली संरक्षणको लागि कोदोसँग चामल सटही गरेर बजारमा निर्यात गरिएको अध्यक्ष साउदले जानकारी दिनुभयो ।
१ सय ६९ जनालाई तालिम मार्फत व्यावसायिक भएका छन् । आर्थिक अवस्था कमजोर भएका महिलाको लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष माया कुँवरले जानकारी दिनुभयो । उहाँले बालविवाह न्यूनीकरणको लागि किशोरी सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो ।
गाउँपालिकाको २५ वर्षीय दीर्घकालीन रणनीति विकास योजना, गाउँपालिकाको पार्श्वचित्र तथा गाउँपालिकाको ५ वर्षीय आवधिक योजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकाले १५ ऐन र ३५ वटा कार्यविधि नियमावली निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभएको छ ।
सहभागी पत्रकार राखेको जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद, उपाध्यक्ष माया कुवर, प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जवाफ दिनुभएको थियो ।
कार्यक्रम सन्चालान गाउँपालिकाका प्रेस सल्लाहकार राजेन्द्र कुँवरले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस