सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । आज बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो ।
सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूणर् रुपमा सञ्चालन गर्ने उल्लेख छ । यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूणर् कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् ।
सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ ।
सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच हिजो पहिलो चरणको औपचारिक वार्ता भएको थियो । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता टोली गठन भएको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । उज्यालो बनलाईनबाट
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस