अछाममा वन्यजन्तु चोरी सिकारका ३ ओटा मुद्दा (कुराकानी सहित)

डिभिजन बन कार्यालय अछामले वन्यजन्तुको चोरी सिकारी नियन्त्रण गर्न सफल भएको दाबी गरेको छ ।
डिभिजन वन कार्यालय अछाममा वन्यजन्तु चोरी सिकारका ३ ओटा मुद्दा परको बन कार्यालय अछामले जनाएको छ ।
डिभिजन बन कार्यालय अछामका प्रमुख नारायणदेव भट्टराईले वन्यजन्तुको वर्तमान अवस्था सकारात्मक देखिएको र सामुदायिक बनमा पनि प्रशस्तै मात्रामा वन्यजन्तु रहेका र यिनको संरक्षणमा पनि सकारात्मक पहल भएको बताउनुभयो ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै वन्यजन्तु तथा पंक्षीको सिकारलाई सरकारले दण्डनीय अपराध मानेकोले अछामका अछाममा ४ सय ६ ओटा सामुदायिक बनमा चोरी सिकारी नहुने दाबी गर्नुभयो ।
जिल्ला सामुदायिक तथा राष्टीय बनमा पनि उपभोक्ताहरू आफै सचेत बनेका बताउनुभयो ।
बन कार्यालय अछामले वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न सफल भएको बताए पनि सिकारीहरू पक्राउ पर्न नसक्दा वन्यजन्तुको चोरी सिकार बढ्दै गएको स्थानीयको भनाई छ । अवैध हतियार र जाल प्रयोग गरेर वन्यजन्तुको सिकार भइरहेको पाइन्छ ।
बन कार्यालयले जानकारी पाएकोमा अवस्थामा मृत वन्यजन्तु लाई नियन्त्रणमा लिने गरे पनि कतिपय अवस्थामा बन कार्यालय आफै बेखबर हुने गरेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस