अछाममा घरेलु मदिराको अवैध बेचबिखन बढ्यो (रिपोर्ट सहित)

कोरोना कहर पछि अछाममा घरेलु मदिराको अवैध बेचबिखन बढेको छ ।
जसले गर्दा विद्यार्थीको पठनपाठन देखि सामाजिक कामहरूमा पनि प्रभाव परिरहेका छ ।
जिल्ला प्रहरी कार्यालय अछामले चालु आर्थिक वर्षमा अहिले सम्म घरेलु मदिरा ७ हजार ५ सय ३४ लिटर, कच्चा पदार्थ पास १६ हजार ७ सय ८५ लिटर, मदिरा बनाउन प्रयोग हुने औषधी १ सय ६५ केजी र न्यून गुणस्तर मदिरा ५ हजार ७ सय ४० लिटर बरामद गरी नष्ट गरेको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा घरेलु मदिरा ५ हजार २ सय ६८ लिटर, कच्चा पदार्थ पास ६ हजार ३ सय ५५ लिटर र न्युनगुणसतरको मदिरा ७ सय ४८ पेटी गरी १० हजार लिटर मदिरा नष्ट भएको थियो ।
बेरोजगारीको समस्याले मदिरा बनाउने र खाने दर बढेको देखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख गङ्गादत्त बढुले बताउनुभयो । रोजगारी गुमाएर १७ हजार मानिस भारत लगायत अन्य मुलुकबाट अछाममा फर्किएका छन् ।
गाउँ फर्किनेहरू सबै जसो पुरुष भएकाले मदिराको अब्यावस्थित बिक्री तथा सेवन बढेको छ ।
मदिराको जथाभाबी बेचबिखन र सेवनमा रोक लगाइएको त्यसलाई कार्यान्वयनमा लैजान नसकिएको जनप्रतिनिधि बत्ताउँछन् ।
यसै विषयमा सहकर्मी एकेन्द्र खत्रीले एक रिपोर्ट तयार पार्नुभएको छ । सुनौँ यो रिपोर्ट ।
रिपोर्ट ः मदिरा
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस