Techie IT

जनप्रतिनिधी सक्रिय भए मात्रै सरकारी सवारीको दुरुपयोग रोकिन्छ : ईन्सपेक्टर बोहोरा


अछाम जिल्लामा ब्याप्त सरकारी सवारी साधनको दुरुपयोग झनै बढेको छ । जिल्लाका बिभीन्न स्थानिय तह हरुमा ब्याप्त रहेको सरकारी सवारी साधनको दुरुपयोग झनै बढेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरक्षक जनक बहादुर बोहोराले बताउनुभयो ।

बोहोराले अहिले दिनहु प्रहरीले मापदण्ड बिपरित चलाईने गरेका सरकारी सवारी साधन पक्रिने गरेको उल्लेख गर्नुभयो । उहाँले सरोकारवाला पक्ष सक्रिय नभए सम्म सरकारी सवारीको दुरुपयोग कम गर्न नसकिने बताउनुभयो । रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिमा उहाँले सो कुरा उल्ले गर्नुभएको हो ।

पछिल्लो समय जिल्लामा बढ्दो क्रममा देखिएको सरकारी सवारी साधनको दुरुपयोग नियमनमा सरोकारवाला पक्ष नै सबैभन्दा जागरुक हुनुपर्नेमा बोहोराले जोडदिनुभयो । जिल्लाका बिभीन्न ठाँउमा बिदाका दिनमा पनि सरकारी सवारी साधन अचाउने गरिएको , बिना हेलमेट , बिना लाईसेन्स अनाआवश्यक सरकारी सवारी साधन चललाउने गरिएको पाईएको बताउनु भएको छ ।

यसैबिच आज हामीले जिल्लाका ब्याप्त सरकारी सवारी साधनको दुरुपयोगको बिषयमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरक्षक जनक बहादुर बोहोरासंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले अछाम जिल्लामा नियम बिपरित सवारी साधन चलाउने क्रम केकस्तो भनेर प्रश्न गरेका छौँ ।

कुराकानि : जनक बोहोरा……


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!