दोस्रो चरणमा अछाममा ९ हजार बढीलाई कोरोना खोप

कोरोना विरुद्धको दोस्रो चरणको कोभीसिल्ड खोप अभियान अन्तर्गत आज सम्म अछाममा ९ हजार १ सय १९ जानले कोरोनाको खोप लगाएका छन् ।
जिल्लाको रामारोशन गाँउपालीकामा १ हजार २ सय ७७ जनाले, तुर्माखाद गाँउपालीकामा २हजार ४सय ६८ जनाले, ढकारि गाउँपालिमा १ हजार ८ सय ३७ जनाले तथा कमलबजारमा १ हजार ९ सय ४५ जनाले र पञ्चदेवल विनायक नगरपालिकामा १ हजार ८ सय ८३ जनाले जनाले कोरोनाको कोभिसिल्ड खोप लगाएका हुन् ।
अभियानको पहिलो दिन ३ हजार ८ सय २९ जनाले खोप लगाएका थिए । यस्तै हिजो दोस्रो दिन ३ हजार ९८ जनाले र आज तेस्रो दिन २ हजार १ सय ९२ जनाले कोरोनाको खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अछाम जिल्लामा पनि दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने क्रम जारी छ ।
दोस्रो चरणको अभियान मार्फत जिल्लाका ३७ हजार नागरिकलाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
यस अघि माघ १४ गते वाट सञ्चालन भएको पहिलो चरणको खोप अभियानबाट पहिलो प्राथमीकतामा परेका १ हजार ४ सय ९५ जना र दोस्रो पाथमीकतामा परेका १ हजार ७ सय ९३ जनाले खोप लगाएकका थिए ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस