अछाममा बलात्कार आरोपमा २ जना पक्राउ

अछाममा बालात्कार आरोपमा २ जना पक्राउ परेका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलाकी एक ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २२ वर्षका महेश बटाला र ४५ वर्षका जगत् रावललाई अछाम प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछाममा फाल्गुन २६ गते पीडित पक्षले उजुरी दिएको आधारमा २७ गते उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।
अहिले अदालतबाट म्याद थप भर्ई घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।
बलात्कारबाट गर्भवती बनेकी महिलाको पेटमा ४ महिनाको गर्भ समेत रहेको बुझिएको छ । पिडित महिलाको स्वास्थ्य परीक्षणको रिपोर्ट भने आज साँझ सम्म आउने प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस