जयगढका पुराना व्यापारी रावलको निधन

जयगढ बजारका पुराना व्यापारी दान बहादुर रावल (रेन्जर ) को निधन भएको छ ।
जयगढ बिच बजार पिपल चौतारा नजिक व्यवसाय गर्दै आएका रावलको ८९ वर्षको उमेरमा बुधवार बिहान साढे ९ बजे निधन भएको हो ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा जन्मिनु भएका रावलले जयगढमा २०२० साल देखी नै व्यवसाय सुरु गरेको पारिवारिक स्रोतको दाबी छ ।
ऐतिहासिक महत्त्व बोकेको जयगढ बजारको बिच बजार स्थित पिपल चौतारामा रावलले किराना पसल सञ्चालन गरेका थिए ।
रावलको बुधवार नै कैलाश खोलामा दाह संस्कार गरिएको आफन्त दीपेन्द्र रावलले जानकारी दिनुभयो ।
रावलका पत्नी सहित ३ छोरा र ४ छोरी रहेका छन् ।