कुकृति ढाकछोप गर्न बन्द कोठामा सार्बजनिक सुनाईको नाटक गरियो : नेबिसंघ नेता साँउद

नेपाल बिद्यार्थी संघका नेता खेमराज साँउदले बान्निगढी जयगढ गाँउपालिका सरकारले आफ्ना कुकृति ढाकछोप गर्न बन्द कोठामा सार्बजनिक सुनाईको नाटक गरेको बताउनुभएको छ ।

बान्निगढी टुडे डट कमसंगको कुराकानिमा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । गाँउपालिका सरकारले आफुले गरेका थुप्रै जनहित बिपरित तथा निकृष्ट कार्यहरुले जनताले पर्दाफाँस गर्छन भन्ने डरले एउटा गोप्य कोठामा सार्बजनिक सुनाईको नाटक गरेको साँउदले उल्लेख गर्नुभयो ।

यसरी दुईचार जना आफ्ना आसेपासेलाई मात्र राखेर गरेको सार्बजनिक सुनाई आफुहरुलाई मान्य नहुने उहाँले बताउनुभयो । तत्काल गाँउपालिकाका सबै नागरिकहरुको उपस्थितिमा खुल्ला रुपमा सार्बजनिक सुनाई गरिनु पर्ने अन्यथा नेबिसंघले यस्को कडा प्रतिबाद गर्ने साँउदले चेतावनि दिनुभयो ।

गाँउपालिकाले आर्थिक बर्ष २०७६/०७७ को सार्बजनिक सुनुवाई कार्यक्रम बन्द कोठाभित्र गरेपछि अहिले चातर्फी गाँउपालिष्का सरकारको आलोचना भईरहेको छ ।

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker