निमित्त गापा अधिकृत जोशीको अटेरी : कार्यक्रमका सहभगीको बिवरण दिन मानेनन्

बान्नीगढि जयगढ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशीले सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीको बिवरण दिन अटेरी गरेका छन् ।
गाउँपालिकाको गत आर्थिक बर्षको बार्षिक निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभमगी भएकाहरुको बिवरण दिन निमित्त अधिकृत जोशीले अटेरी गरेका हुन् ।
गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम कुनै पनि राजनितिक तथा सरोकारवालालाई जानकारी नगराई गाउँपालिकाको हलमा गरिएको प्रति चौतर्फि बिरोध हुन थालेपछि रेडियो बान्नीगढिले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएकाहरुको बिवरण निमित्त अधिकृत जोशीलाइ मागेको थियो ।
जोशीले कार्यक्रममा जम्मा ७२ जना सहभागी भएको जानकारी गराए पनि उनीहरु को हुन् कुन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् भन्नेबारे जानकारी लिन पत्रकारले उपस्थिति पुस्तिकाको फोटो अथवा छायाप्रति माग्दा ठाडै अस्विकार गरेका थिए ।
हामिलाई प्राप्त स्रोतका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा ७२ जना सहभागी भएको दावी गरिएकोमा ७२ जना सहभागी मध्य ३० जना बढि गाउँ कार्यपालिका सदस्य र वडका सदस्य रहेका छन् भने ३५ जना भन्दा बढि गाउँपालिकामा कार्यरत कर्मचारी छन् । यसरी हेर्दा सार्वजनिक सुनुवाई कार्यक्रममा बढिमा ७ जना सर्वसाधारण सहभागी भएको देखिन्छ ।
कार्यक्रममा को को सहभागी थिए भन्नेबारे पोल खुल्ने भएका कारण निमित्त अधिकृत जोशीले उपस्थिति पुस्तिकाको फोटो अर्थात छायाप्रति दिन अटेरी गरेको आशंका गरिएको छ ।
उनले कार्यक्रममा सहभागीहरुले हस्ताक्षर गरेको उपस्थिति पुस्तिका लिनका लागी प्रकृया पुर्याएर आउनु पर्ने अडान राखेका छन् ।
हाल बान्नीगढि जयगढ गाउँपालिकामा कार्यरत तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका झनक रेग्मी (प्रशासन अधिकृत छैटौँ तह) बाट २०७६ माघ २७ गते रामचन्द्र जोशीले बान्नीगढि जयगढ गाउँपालिकामा शीक्षा अधिकृतको रुपमा नियुक्ति बुझेका थिए ।
गाउँपालिका जस्तो जिम्मेवार निकायको बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाका सरोकारवाला ,राजनितिक दल तथा स्थानियलाई खवर नगरि गाउँपालिका हल भित्र संचालन गरिएको बिषयमा गाउँपालिकाको आलोचना हुन थालेको छ भने तिन वटा राजनितिक दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस