सर्वोच्चमा मुद्दा, शिक्षक बुढाले ९ महिनासम्म पनि पाएनन् तलब

सरस्वती माद्यामिक विद्यालय जयगढका शिक्षक रमेश बुढा ९ महिनादेखि तलब भत्ताबाट वञ्चित भएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकाले बुढाको तलब ९ महिनादेखि निकासा नगरेपछि उनी तलब भत्ताबाट वञ्चित भएका हुन् ।
बुढा नेपाल सरकारको माध्यमिक तहको राहत अनुदान कोटाका शिक्षक हुन । २६ साउन २०७७ देखि उनी सरस्वती माविको शिक्षकमा नियुक्त भएका थिए ।
शिक्षक बुढाको नियुक्ति पत्र :-

विद्यालय व्यवस्थापन समितिले सङ्घीय शिक्षा ऐन तथा नियमावलीलाई आधार मानेर शिक्षा विकास तथा समन्वय इकाई अछामसँगको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी लिखित तथा मौखिक परीक्षामार्फत रमेश बुढालाई विद्यालयको शिक्षकमा नियुक्ति गरेको थियो । तर, विद्यालय व्यवस्थापन समितिको उक्त नियुक्ति गाउँपालिकालाई मन परेन ।
स्थानीय शिक्षा ऐन विपरीत शिक्षक नियुक्ति गरिएको भन्दै बान्नीगढी जयगढ गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा हाल निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशीले गाउँपालिकाका तर्फबाट सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गरे ।
विद्यालयले लिएको लिखित तथा मौखिक परीक्षामा सफल भएका रमेश बुढालाई सरस्वती माद्यामिक विद्यालयको व्यवस्थापन समितिको २०७७ श्रावण २६ गतेको बैठकले सोही दिन देखी लागु हुने गरी नियुक्ति दिने निर्णय समेत गरेको थियो ।
विद्यालयको व्यवस्थापन समितिको नियुक्ति दिने निर्णय :-
विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय पश्चात बुढालाई नियुत्ती दिइएकोमा उक्त नियुत्तीलाई शिक्षा विकास तथा समन्वय इकाई अछामले समेत २०७७ श्रावण २९ गतेका दिन नियुत्ती अभिलेख गरी बुढालाई नियमानुसार कामकाज गर्न निर्देशन समेत दिएको पत्रले देखाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई अछामको अभिलेखबारे पत्र :-
यता गाउँपालिकाका तत्कालीन शिक्षा शाखा प्रमुख हाल निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले आफ्नो गाउँपालिका शिक्षा कार्यविधि विपरीत बुढालाई शिक्षकमा नियुक्ति गरेको भन्दै बुढालाई काम कारबाही नगर्नु नगराउन भनी अन्तरिम आदेशको माग गर्दै सरस्वती माद्यामिक विद्यालय, शिक्षक छनोट समिति,शिक्षा विकास तथा समन्वय इकाई ,सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय लगायत ९ जना विरुद्ध मुद्दा दायर गरेका थिए ।
अन्तरिम आदेश समेत जारी गरी पाउँ भनी दिएको निवेदनमा हालसम्म सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छैन ।
शिक्षक बुढाले आफू वैधानिक तरीकाले नियुक्ति भएकोले रिट निवेदन खारेज गरीपाँउ भनी सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेको शिक्षक बुढाले बताएका छन् ।
अदालतले बुढालाई काम नगर्नु नगराउनु भन्नेबारे अन्तरिम आदेश जारि नगरे पनि गाउँपालिकाले भने शिक्षक बुढाको तलब भत्ता विद्यालयलाई निकासा नगर्दा शिक्षक बुढाले नियुक्त भए देखी हाल सम्मको तलब भत्ता पाउन सकेका छैनन् ।
आफूले काम गरेको तलब भत्ता पाउनुपर्ने माग गर्दै शिक्षक बुढाले बान्नीगढी जयगढ गाउँपालिका कार्यालयमा लिखित निवेदन नै पेस गरेका छन् ।
शिक्षक बुढाले गाउँपालिकामा पेस गरेको निवेदन :-
तलब भत्ता तथा सुविधाको माग गर्दै गाउँपालिकामा लिखित निवेदन नै पेस गरेको भए पनि गाउँपालिकाले यस बिषयमा कुनै पनि सुनुवाइ नगरेको शिक्षक बुढाले बताएका छन् ।
शिक्षक रमेश बुढासंग गरिएको कुराकानी :-
बान्नीगढी जयगढ गाउँपालिकाले गाउँपालिका शिक्षा कार्यविधि २०७५ मिचेर शिक्षक नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भए पनि गाउँपालिकाको शिक्षा कार्यविधि स्थानीय गाउँ सभाबाट अनुमोदन भई राजपत्रमा प्रकाशित हुनुपर्नेमा यसो नभई गाउँपालिका शिक्षा कार्यविधि समेत अवैध रहेको स्थानीय अगुवाको दाबी छ ।
गाउँपालिका जस्तो जिम्मेवार तथा अधिकार प्राप्त स्थानीय सरकारले आफू मातहतको शिक्षण संस्थालाई अधिकार मिचेको आरोपमा कानुनी निकायमा जानु आफैमा लज्जास्पद विषय हुने स्थानीय अगुवा तथा बुद्धिजीवीको धारणा रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस