जयगढमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : छतबाट खसेर बालक गम्भीर घाइते

बान्नीगढी जयगढ गाउँपालिकामा सोमवार देखी राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा जयगढ देवल बजारमा प्रतियोगिता चली रहँदा प्रतीक्षालयको छतबाट खस्दा एक बालक गम्भीर घाइते भएका छन् ।
वडा नम्बर ३ को वडा र सरस्वती माद्यामिक विद्यालय परिसरमा रहेको प्रतीक्षालयको छतबाट खस्दा बान्नीगढी गाउँपालिका वडा नम्बर ३ बर्दादेवी जाल्तोलाका विशाल भुल घाइते भएका हुन् ।
प्रतियोगिता हेर्न आएका १० बर्षिया बालक विशाल खेल्दै गर्दा छतबाट खसेको प्रत्यक्षदर्शी गणेश साउँदले बताउनुभयो ।
विशालको दुवै हात भाँचिनुका साथै र टाउकोमा समेत गम्भीर चोट लागेको बताइएको छ ।
घाइते विशाल साता दिन अघि बुवा खडक भुलसँग भारतबाट घर फर्किएका थिए । उनको हाल बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।