बान्नीगढि गाउँपालिकाको ट्र्याक्टर दुर्घटना : यस्तो छ चालकको अवस्था

बान्नीगढी जयगढ गाउँपालिकाको ट्र्याक्टर दुर्घटा भएको छ ।

जयगढ रामारोशन सडक खण्डको सुकिवाग नानापिपल नजिक गाउँपालिकाको से १ द २७ नम्वरको ट्र्याक्टर रोडबाट करिव १ सय मिटर तल खस्दा चालक शेर बहादुर साउद घाईते भएका छन् ।

घाईतेको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था समान्य रहेको बताईएको छ ।

मंगलबार साझ करिव साढे ७ बजे तिर ट्याक्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसै बिच बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष नेत्र बहादुर साउद घाईतेको अवस्था बुझ्न बयालपाटा अस्पताल पुग्नु भएको छ ।

वडा अध्यक्ष साउदले घाईते चालकको अवस्थाबारे जानकारी लिदै उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

वडा अध्यक्ष साउदले दुर्घटनामा घाईते भएका चालकको उपचारमा आवश्यक सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको छ ।

घाईतेको अवस्था बुझ्न वडा अध्यक्ष साउदसंगै कार्यपालिका सदस्य केशर बिक पनि अस्पताल पुग्नु भएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker