जयगढमा एक घरमा आगलागी : वडा कार्यालयद्धारा सहयोग

जयगढ बजारमा रहेको एक घरमा आगलागी भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जयगढ भुवामाझमा रहेको लोग टमट्टाको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको बिभिन्न सामानहरुमा क्षती पुगेको छ । बिहिवार अपराह्न ४ बजेतिर केटाकेटीले घर बाहिर आगो चलाउदै गर्दा हावा लगी घरको खरमा आगो सल्किएको वडा अध्यक्ष कुल बहादुर शेट्टिले बताउनुभयो ।
स्थानीय प्रहरी,वडाका जनप्रतिनिधि,स्थानीयको सक्रियतामा आगो समयमै नियन्त्रणमा लिएको बताईएको छ ।
आगलागीबाट पिडित भएका परिवारलाई बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर शेट्टिको नेतृत्वमा घटनास्थलमा ५ हजार बरावरको बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
आवश्यकताका आधारमा खाद्यान्न लगायत अन्य सहयोग गर्ने समेत वडा अध्यक्ष शेट्टिले प्रतिबद्धता जनाउनु भएको छ ।