नेत्री सूचीको रिहाइको माग गर्दै अछाममा प्रदर्शन

म्यानमारमा फेब्रुअरीमा सेनाले सत्ता हत्याए यता आम विरोध प्रदर्शनहरू भइरहेका छन् ।
सेनाले जन निर्वाचित नेत्री आङ सान सू ची सहित उनको दल न्याशनल लिग फर डिमोक्रेसीका नेताहरू र अन्य सयौँ मानिसहरूलाई गिरफ्तार गरेको छ । जसको विरोधमा अछाममा पनि प्रदर्शन गरिएको छ ।
जन निर्वाचित नेत्री आङ सान सू ची सहित उनको दल नेताहरू र अन्य सयौँ मानिसहरूलाई रिहाइको माग गर्दै मानवअधिकार शान्ति समाज अछामले सदरमुकाम मङ्गलसेनमा प्रदर्शन गरेको हो ।
मानवअधिकार शान्ति समाज अछामका सभापति पदम बहादुर शाहको अध्यक्षतामा भएको विरोध कार्यक्रममा प्रमुख वक्ता शान्ति समाजका केन्द्रीय सचिव मदन बहादुर कुँवरले यस घटनाको विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती नेपाली, अछाम बहुमुखि क्याम्पस प्रमुख छत्र विष्ट लगायतका शाखाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस