अछाममा बेरोजगार युवालाई गाउँमै रोजगारी दिन सुरु( रिपोर्ट सहित)

बढ्दो वैदेशिक रोजगारीलाई रोक्न भन्दै अछामका स्थानीय तहहरुले युवा स्वरोजगार कार्यक्रम सुरु गरेका छन् ।
गाउँमै रोजगारीका अवसर सिर्जना गरेर वैदेशिक रोजगारीलाई रोक्ने अभियान स्थानीय सरकारले चलाएका छन् ।
व्यवसायिक कृषि तथा पशुपालन मार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि भन्दै बान्निगढी जयगढ गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४० लाख बजेट विनियोजन गरेको छ ।
बजेटबाट बेरोजगार युवाहरुलाई व्यावसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने पालिकाले जनाएको छ ।
अछाममा विदेशबाट फर्किएकाहरुका लागी युवा लक्षित कार्यक्रम पनि चलिरहेको छ ।
सुुदुरपश्चिम प्रदेश सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत अछामका २ सय ९८ युवाले अनुदान पाउँदै छन् । प्रदेश सरकारका साथै स्थानीय सरकारले पनि युवा स्वरोजगार कार्यक्रम तय गरेका छन् ।
चालु आर्थीक बर्षको अहिले सम्मको तथ्याङ्क अनुसार अछामबाट रोजगारीको लागि भारत बाहेकको देशमा ६ सय युवा गएका छन् ।
युवा जनशक्ति विदेश पलायनको समस्या कम हुने अपेक्षा सहित युवा स्वरोजगार कार्यक्रम चलाएको साँफेवगर नगरपालिकामा करिव ४० जना युवाहरु नगरपालिकाको माध्यमबाट स्वरोजगार भएका छन्
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस