अछाममा १४ प्रतिशत घरधुरीमा छाउगोठ भत्काइयो(रिपोर्ट सहित)

अछाममा छाउगोठ भत्काउने अभियान प्रभावकारी हुन थालेको छ ।

अहिले सम्म दुई पटक सम्म अभियान नै चलाएर छाउगोठ भत्काउने तथा जनचेतना जगाउने काम गरेको जिल्ला प्रसाससान कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालयले अहिले पनि यो अभियान जारी राखेको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको तथ्याङ्क अनुसार अहिलेसम्म अछाममा करिब १४ प्रतिशत घरमा घरधुरीमा छाउगोठ भत्काइएको छ ।विभिन्न संघसंस्थाहरुले पनि मर्यादित महिनावारीका कुरा सिकाइरहेका छन् ।

महिनावारी सुरु हुने भनेको महिला प्रजनन गर्न सक्ने उमेर वा गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको एउटा सङ्केत पनि हो । जुन जीवनको महत्त्वपूर्ण वा सुख पूर्ण क्षण पनि हो । तर यस लाइ अझै पनि पापकै रूपमा लिएको पाइन्छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker