क्यान्सर रोगबाट ग्रसित रमेश बयकको निधन

क्यान्सर रोगबाट ग्रसित रमेश बयकको निधन भएको छ ।
अछामको ढकारी गाउँपालिका नम्बर २ का २७ बर्षीय क्यान्सर पीडित बयकको उपचारका क्रममा आज भारतमा मृत्यु भएको हो ।
उहाँको आजै अन्तिम दाहसंस्कार गरिएको छ । क्यान्सर पीडित वयकको भारतको हैदराबादमा उपचार भइरहेको थियो ।
उनको उपचारको लागि त्रिवेणी युवा क्लबले क्यान्सर पिडित रमेश बयक बचाउ अभियान नै सुरु गरेको थियो । तर पनि उनको आर्थिक अभावले उपचार हुन नसक्दा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक वयकको आमा, श्रीमती, एक छोरा रहेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस