आगलागी नियन्त्रणमा सरकारी पक्ष उदासीन किन ?

अछामका सामुदायिक वनहरूमा आगो लाग्ने क्रम अझै रोकिएको छैन ।
फागुन पहिलो साताबाट नै जिल्लाका विभिन्न सामुदायिक बनमा आगो लाग्न थालेको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनहरूमा अहिले पनि आगलागी भइरहेको छ ।
तर डिभिजन वन कार्यालय अछामले जिल्लाका सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा केही पनि प्रयास गरेको देखिदैन् ।
वनजंगल नै आगोले सखाप भएका छन्, वनपैदावर, जडीबुटी, घाँस, दाउरा, स्याउला लगायतका वस्तु नष्ट भइरहेको बेला जिल्लाका कति सामुदायिक बनमा आगो लाग्यो, कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भन्ने तथ्यायँक समेत सङ्कलनको काम थालेको छैन ।
डिभिजन वन कार्यालय मात्रै होइन, जिल्ला प्रशासन कार्यालय अछाम अनि सामुदायिक बन उपभोक्ता समितिले पनि बनमा लागेको आगो निभाउन कुनै संयन्त्र बनाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी रुद्ध मल्ल सेवा क्षेत्रका उपभोक्ताको पहल नभएकाले बनमा लागेको आगो निभाउन नसकिएको बताउनुहुन्छ ।
मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले आफूले नागरिकलाई सचेत पार्दा पार्दै पनि बनमा आगो लगाउने क्रम अझै नरोकिएकाले छिट्टै विकल्पको बाटो खोज्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय अछामका रेन्जर विमल चन्दले सामुदायिक बनमा लागेको आगो निभाउन जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारी र स्थानीय सँग सहकार्य गर्दै आगो निभाउने प्रयास जारी रहेको बताउनुभयो ।
जिल्लाका सामुदायिक तथा राष्ट्रिय बनमा बर्षेनी आगलागी हुन्छ तर आगो लगाउनेको पहिचान हुँदैन र कारबाहीको दायरामा ल्याएको पाइँदैन ।
वन ऐन अनुसार बनमा आगो लगाउनेलाई नोक्सान भएको काठ पातको बिगो असुल गरी थप १० हजार जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस