अछाममा दैनिक ५० बढीलाई भाइरल ज्वरो

अछाममा भाइरल रोगका बिरामी बढेका छन् ।
मौसममा आएको परिवर्तन सँगै अछाममा पनि भाइरल रोगका बिरामी बढेका हुन् ।
विगत केही दिनमा देशैभर बायुप्रदुषण बढेको र तेस्को असर अछाममा पनि परेको छ । गर्मी याम र मौसम बदली हुँदा अछामका १० वटै स्थानीय तहका घरघरमै भाइरल रोगका रोगका बिरामी भेटिन थालेका हुन् ।
भाइरल रोगबाट बालबालिका, बृद्धबृद्धा, विद्यार्थी, गर्भवती महिला, दिर्घरोगी र सञ्चार कर्मी बढी प्रभावित भएका छन् । पछिल्लो एक सातादेखि निरन्तर भाइरल ज्वरोका बिरामी बढेका हुन् ।
जिल्ला अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको, पेट दुख्ने, बान्ता हुने र रुघाखोकी लाग्ने लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल अछामका डक्टर हितेश खड्काले जानकारी दिनुभयो ।
मौसम परिवर्तन र वातावरण प्रदूषणका कारणले जिल्लामा बिरामीको चाप बढेको उहाँले बताउनुभयो ।
पछिल्लो पटक जिल्ला अस्पताल अछाममा मात्रै दैनिक ३० देखी ४० जना सम्म भाइरल रोगका बिरामीहरू उपचारका लागी आउँछन् ।
गएको एक सातमा अस्पतालबाट करिब ३ सय जना भन्दा धेरैले स्वास्थ्य चेकजाँच गरेको उहाँले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा औषधी अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
जिल्लामा भाइरल रोगका बिरामी दिनानुदिन बढिरहेका बेला स्थानीय सरकारले औषधी उपचारको व्यवस्था गर्न नसकेको स्थानीयको आरोप छ ।
गाउँमा धेरै भाइरलका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीले नागरिकलाई सुझाउन थालेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस