अछाममा आगलागी : दुई घर जलेर नष्ट

अछाममा अज्ञात व्यक्तिले एक घरमा आगो लगाउँदा घर जलेर नष्ट भएको छ ।

गए राती जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन झाता स्थित महेश बटालाको घरमा आगो लगाएको हो ।

आगलागी बाट घरमा रहेका सम्पूर्ण सर सामान जलेर नष्ट भएको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय शान्तडाले जनाएको छ ।

उक्त अज्ञात व्यक्तिले गाउँमा अन्य अपाराधीक गतिविधि गरेको पनि स्थानीयले जनाएका छन् ।

यसैबिच हिजो शनिवार पनि पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ तुर्वनमा पनि एक घरमा आगो लाग्दा एक घर जलेर नष्ट भएको थियो ।

पारिवारीक स्रोतले दिएको जानकारी अनुसार जलेर घर नष्ट हुँदा करिब ८ लाख बराबरको क्षति भएको जनाइएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker