दलित मोर्चा नेपाल अछामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

दलित मोर्चा नेपाल अछामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
जिल्ला सम्मेलनबाट जिल्लामा अझै पनि दलित समुदायका नागरिकले विभिन्न बहानामा हिंसा भोग्न बाध्य भएको भन्दै सरोकारवालको ध्यानाकर्षण गरेको छ ।
दलित समुदायका जातीय मुद्दाहरु अझै पनि अलपत्रमा रहेकाले दलित मोर्चा नेपाल अछामले थप रणनीति तय गर्दै दलित समुदायको हक हित संरक्षण गर्ने बताएको छ ।
दलित मोर्चा नेपाल अछामले दोस्रो जिल्ला सम्मेलनबाट दिलीप बिक लाई अध्यक्षमा चयन गरेको छ ।
अध्यक्ष विकले पदभार ग्रहण गर्दै नेपालमा वर्तमान अवस्थामा दलितको हर्क, हितका निम्ति थुप्रै सङ्घ संस्थाहरू भए पनि दलित समुदायको मुद्दामा आवाज नउठाएकाले अब दलित मोर्चा नेपालले यस विषयमा आवाज उठाउने बताउनुभयो ।
सम्मेलनबाट पारित भएको कार्यसमितिमा झपट बिक उपाध्यक्ष र सचिव विनोद परियार, कोषाध्यक्ष रुपाक बिक, सह सचिव नरेश नेपाली लगायत अन्य ११ जना सदस्य रहेको जिल्ला कार्य सङ्गठन गठन गरिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस