Techie IT

अछाममा नेकपा विप्लव समूहका ५ नेता कारागारमै


सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबिच तीन बुँदे सहमति भए पनि सो समूहका ५ जना नेता कार्यकर्ता अछाम कारागारबाट रिहाइ हुन सकेका छैनन् ।

सरकार र विप्लव समूहबिच भएको सहमति पत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले रिहाइ गर्ने उल्लेख गरेको भए पनि अछाममा विगत १८ महिनादेखि जेल जीवन बिताइरहेका पाँच जना कार्यकर्ता अहिले पनि कारागारमै रहको छन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले जिल्ला कारागार अछाममा रहेका कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको छ ।

भेटघाट गर्दै उहाँले सरकार सङ्गको सहमतिअनुसार सबै नेता कार्यकर्ता रिहा हुने बताउँदै चाँडै रिहाइ हुने विश्वास व्यक्त गर्नुभयो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!