अन्तर वडा स्तरीय मावि हाजिरी जवाफ प्रतियोगिता कालिकामा सम्पन्न

अन्तर वडा स्तरीय माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिमा सम्पन्न भएको छ ।
वडा कार्यालय कालिकाको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिकाका ६ ओटै माध्यमिक बिद्यायलयहरुको सहभागिता रहेको थियो ।
माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम नन्दा मावि बाहुन गाउँ, द्वतिय सरस्वती मावि जयगढ, तृतीय विन्देवासीनि मावि दर्ना र सान्त्वना ऐश्वर्य मावि दर्ना भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ हजार १ सय नगद सहित प्रमाण पत्र, द्वतिय टिमलाई ४ हजार नगद सहित प्रमाण पत्र, तितृय हुने टिमलाई ३ हजार नगद सहित प्रमाण पत्र र सान्त्वना हुने टिमलाई २ नगद हजार सहित प्रमाण पत्र र अन्य सहभागिता जनाउने विद्यालयलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो ।
बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका वडाध्यक्ष लाल कामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नम्बर ३ का वडाध्यक्ष कुल बहादुर सेट्टि रहनुभएको थियो ।
विभिन्न सरोकारवालहरूको सहभागिता रहेको अन्तर वडा स्तरीय माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको सञ्चालन दीपक कसाराले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव दीपेन्द्र साउदले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस