स्वास्थ्य शिविर मार्फत ३ सय २० जना लाभान्वित

दुई दिने एकीकृत स्वास्थ्य शिविर मार्फत ३ सय २० जना लाभान्वित भएका छन् ।
स्वास्थ्य कार्यालय अछामको आयोजना तथा मंगलसैन नगरपालिकाको समन्वय तथा सहयोगमा मंगलसेन नगरपालिकाको विकट वडा बाडामा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविर मार्फत उनीहरूले सेवा लिएका हुन् ।
शिविर मार्फत पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको र २ जनामा पोजेटिभ पाइएकोले पुन परीक्षण तथा थप सेवा तथा परामर्शको लागि प्रेषण गरिएको छ ।
यस्तै ४६ जना गर्भवती महिलाको भिडियो एक्स रे द्वारा जाँच र करिब २ सय ७० भन्दा बढी बिरामीहरूको चिकित्सक द्वारा स्वास्थ्य चेकजाँच तथा उपचार सेवा प्रदान गरिएको छ भने करिब ३५ जनालाई विभिन्न प्रकारको प्रयोगशाला सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
गाउँघरमै स्वास्थ्य उपचार पाउँदा स्थानीय दङ्ग छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस