वैद्यनाथ धाम पर्यटन विकास समितिको कार्यालय उद्घाटन

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यालय उद्घाटन गरिएको छ ।
वैद्यनाथ धाम पर्यटन विकासको काम प्रभावकारी रूपमा सञ्चालन गर्न स्थापना गरिएको कार्यालयको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटन पछि रेडियो बान्निगढी सँग कुराकानी गर्दै समितिका अध्यक्ष अध्यक्ष खड्ग बहादुर खड्काले वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भइसके पछि वैद्यनाथ क्षेत्रको संरक्षण, सम्बद्धन गर्न आफूले गरेको प्रतिबद्धता अनुसार काम गरिरहेको बताउनुभयो ।
पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर खड्काको अध्यक्षमा भएको उद्घाटन कायाक्रममा प्रमुख अतिथि राष्टीय सभा सदस्य सेर बहादुर कुँवर रहनुभएको थियो । विशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँवर र मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सरोकारवाहरुले नेपालकै ४ धाम मध्येको एक धाम भएकाले पर्यटन सँग सम्बन्धित विज्ञ तथा वैद्यनाथ क्षेत्रका जानकारसँग छलफल गर्दै आगामी दिनमा अघि बढ्न पर्ने सुझाव दिएको अध्यक्ष खड्काले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस