Techie IT

अछाममा अनुदानको भानु नुनमा कालोबजारी (रिपोर्ट सहित)


अछामका विकट गाउँका प्रया सवै नागरिक ढिके नुनकै भरमा छन् । जिल्लाका केही बजार क्षेत्रबाहेक अन्य सवै ठाउँमा अझैपनि ढिके नुनकै प्रयोग हुन्छ ।

जिल्लाका दश ओटा स्थानीय तहमध्य ४ ओटा नगरपालिका तथा ६ ओटा गाउँपालिका छन् । जिल्ला सदरमुकाम तथा केही बजार क्षेत्रमा मात्र सरकारी कर्मचारी तथा यसक्षेत्रका सचेत नागरिक मात्रै आयोडिन नुनको प्रयोग गर्छन ।

सिमित मात्रामा पाइने नुनमा अछामका ब्यापारीहरुले कालोबजारी गर्नेक्रम अझै रोकिएको छैन । डिपोहरुमा नौ रुपयामा पर्ने आयोडिनयुक्त नुन अछामका दुर्गम गाउँमा २५ रुपयामा किन्नु पर्ने बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका सम कठायतले गुनासो गर्नुभयो ।

जिल्लाको रामारोशनको अल्लेडी, बाटुलासैन, पञ्चदेवलको तोली, पुल्लेतोला, कोशेडी, बान्ने, चौरपाटीका बिभिन्न वडा, ढकारी गाउँपालिकाका प्रयाय सवै वडा तथा टोलमा र तुर्माखाँद गाउँपालिकाका पनि बिभिन्न दुर्गम गाउँहरुमा अझै ढिके नुनको प्रयोग हुने स्थानिय बताउँछन् । सरकारले उपलब्ध गराउने नुन गाउँमा लैजानसमेत उपभोक्तालाई सजिलो छैन ।

साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको तुर्माखाँद गाउँपालिकाका मान बहादुर बयकले बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसनले उपलव्ध गराउने नुन जिल्ला सदरमुकाम मंगलसेन सहित कमलबजार, मुजाबगर, ढकारी, साँफेवगर,मेल्लेख र विनायकमा मात्र आयोडिन नुन पाइन्छ ।

जिल्लाका केही सहकारी संस्था माार्फत केही ठाउमा नुन पु¥याउने गरिए पनि प्रयाप्त भने भएको छैन् । साल्ट ट्रेडिङ कर्पोरेसन सुदुरपश्चिम प्रमुख केशब प्रसाद पाण्डेले दुर्गम गाउँमा सडक नभएकोले शाखा बिस्तार हुन नसकेको बताउनुभयो । उहाँले जिल्लाका अन्य स्थानिय तहसंग सहकार्य गरेर यो समस्याको समाधान गर्ने बताउनुभयो । यस्तै यस आर्थीक बर्षका लागी ११ हजार मेर्टीक टन नुन अछाम ल्याइने पनि बताउनु भयो ।

अछाम जिल्लामा अझैपनि ढिके नुनकै प्रयोग र चर्को मुल्य तिर्नुपर्ने बाध्यताको विषयमा प्रमुख जिल्ला अधिकारी रुद्र मल्ले जिल्लाका सवै सरकारी कार्यालयका प्रमुख र स्थानिय तहसंग समन्व्य गरि समस्याको समाधान गर्ने बताउनुभयो ।

आयोडिनयुक्त नुनको अभाव र उपभोक्तालाई परेको समस्याका विषयमा जिल्लाका बिभिन्न कार्यालय प्रमुखसँग छलफल गरी स्थानीय तहसँग सहकार्य गर्ने प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल बताउनु हुन्छ । आयोडिनयुक्त नुनको सहज उपलब्धताका लागि स्थानीय सरकारले साल्ट ट्रेनिङ कर्पोरेसनसँग सहकार्य र सम्मन्वय गर्नुपर्ने नागरिकको भनाइ छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस